सकियो बजेटमाथिको छलफल, अर्थमन्त्री महतले भोलि जवाफ दिने

156
0
Share:

काठमान्डौ/आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

 

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

Share: