प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कास्कीको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

 

विद्यालयको शौचालय निर्माण गर्नका लागि जिल्ला शिक्षा कार्यालय, कास्कीबाट आव २०६७(०६८ मा रकम निकासा भएकोमा, सो कामका लागि तत्कालीन प्रधानाध्यापक पौडेलले उक्त रकम बैंकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक(पटक निर्देशन दिइएकोमा दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको रु। दुई लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा रु। ३ लाख, १२ हजार हिनामिना गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको अख्तियारको ठहर छ ।

Share: