घुस लिएको आरोपमा मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका खरिदारले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

 

अख्तियारले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

 

अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

 

१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Share: