युवायुवती झुन्डिएको अवस्थामा मृत फेला

219
0
Share:

काठमान्डौ/काठमाडौंको गोंगबुमा विवाहित युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । टोखा नगरपालिका( ९ स्थित होटल ग्रिन नेपालमा गोरखाका राजकुमार नेपाली र तनहुँकी २६ वर्षीया मुस्कान बयक झुन्डिएको अवस्थामा सोमबार भेटिएको प्रहरीले जनाएको छ।

 

काठमाडौं प्रहरीका अनुसार मुस्कान कोठाभित्र पंखामा र राजकुमार शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका छन् । २६ वर्षीय राजकुमार श्रीमतीसहित काठमाडौंमा बस्दै आएका थिए । मुस्कान पनि विवाहित हुन् । तर, उनको परिवार सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ । दुवै जना शनिबार साँझ उक्त होटलमा आएर बसेका थिए ।

 

आइतबार उक्त होटलबाट निस्किएका उनीहरु साँझ फेरि सोही होटलमा आएर बसेका थिए । यसबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

Share: