देउवा आँखा जाँच् गराउन आज सिंगापुर जाँदै

Share:

काठमाडौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आँखा जाँच् गराउन आज सिंगापुर जाँदै छन् । देउवाले आफू आँखा जाँच्न सिंगापुर जान लागेको पार्टीका नेताहरूलाई जानकारी गराइसकेका छन् ।

 

प्रमुख सत्ता साझेदार दलका नेता भएका कारण देउवाले आँखा जाच्न सिंगापुर जान लागेको कुरा प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराइसकेका छन् । पछिल्लो समय देउवाको आँखामा समस्या देखिएको उनी निकटकाहरूले बताउँदै आएका छन् ।

 

डा सन्दुक रूइतले आँखाको उपचारमा विश्वमा नाम कमाउने र करोडौँको पुरस्कार प्राप्त गरिरहेको भए पनि पूर्वप्रधानमन्त्री देउवा भने आँखाकै उपचारका लागि मंगलबार सिंगापुर उड्दैछन ।

 

Share: