एसीसी महिला टी-२० : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

215
0
Share:

काठमान्डौ/हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई हराएको छ ।हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ले नेपाललाई ९ रनले हराएको हो ।

 

पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाइन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् ।

 

नेपालका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २र२ तथा अनुशा नासिर र उम्मि हानीले समान १र१ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

 

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाइन् । नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएकी थिइन् ।

 

१९ औं ओभरमा इन्दु बर्माले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा पुर्णत हाबी भएको थियो । कविता कुँवरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो । इन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २र२ विकेट लिएका थिए ।

 

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

 

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

Share: