विश्वविद्यालय सेवा आयोगका माथि कालो मोसो दल्ने नेविसंघ सभापति पक्राउ

Share:

काठमान्डौ/पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो ।घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले बताए ।‌

 

पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ ।

 

Share: