मेयर बालेनको निर्देशनविरुद्ध यातायात व्यवसायीले विरोध गर्ने

111
0
Share:

काठमान्डौ/यातायात व्यवसायीहरूले असार १ गतेदेखि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन्। यातायात व्यवसायी र विभिन्न सङ्गठनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका हुन् ।

 

यातायात व्यवसायीहरूले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्। यातायात व्यवसायी र विभिन्न सङ्गठनले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन्।

 

महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरूले चेतावनी दिए ।

Share: