
काठमान्डौ/नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतका लागि नेपालका राजदूत डा.शङ्कर शर्माको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यही जेठ २९ गते कान्तिपुर दैनिकमा दिएको अन्तर्वार्तामा राजदूत शर्माले उठाएको विषयले नेपालको परराष्ट्रनीतिबारे आशङ्का व्यक्त गरे ।
उक्त अन्तर्वार्तामा हिन्दु राष्ट्रको वकालत गरिएको उनले आरोप लगाए । धर्मनिरपेक्षताको नेपालको नीतिमा प्रश्न खडा गरेको पन्तको भनाइ छ । बीआरआईबारे सोच्नुपर्छ भनेकामा पनि उनले आपत्ति जनाए । ईपीजी प्रतिवेदनबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिन उनले माग गरे ।
उनले भने, ‘के सरकारको दृष्टिकोण हिन्दु राष्ट्रलाई प्रोत्साहन दिने हो रु धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो रु यो संसद्लाई स्पष्ट पारियोस् । के नेपाल हिन्दु राष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?’