वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित आठजना पक्राउ

225
0
Share:

काठमान्डौ/वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)सहित आठ जनालाई पक्राउ गरेको हो ।

 

अपराध अनुसन्धान कार्यालय स्रोतले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

 

कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र रेग्मीका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् ।

 

युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार ती कलाकार र युटुवरले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दै आएका थिए ।

 

यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।

यो पढ्नुभयो..

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार, पाँच जना पक्राउ

Share: