वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित आठजना पक्राउ

काठमान्डौ/वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)सहित आठ जनालाई पक्राउ गरेको हो ।   अपराध अनुसन्धान कार्यालय स्रोतले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।   कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र रेग्मीका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश … Continue reading वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित आठजना पक्राउ