कोशी प्रदेशमा पनि सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू हुने, १ अर्ब ५० करोड रुपैयाँ विनियोजन

Share:

काठमान्डौ/कोशी प्रदेश सरकारले पनि सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ ।सांसद क्षेत्र विकास कोष कार्यक्रमका लागि कोशी प्रदेश सरकारले लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो।

 

बिहीबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास कोष कार्यक्रम ल्याएका हुन् ।

 

यो कार्यक्रमअन्तर्गत छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्न विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्ने गरेका छन् । जसमा प्रत्यक्ष निर्वाचित सांसदले दुई करोड र समानुपातिक सांसदले एक करोड खर्च गर्न पाउनेछन् ।

 

Share: