प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

188
0
Share:

काठमान्डौ/संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।शुक्रबार बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

 

कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

 

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश पाएपछि कार्कीले विगत ८ महिनादेखि कायम मुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Share: