३४ र ६६ पृष्ठका पासपोर्टको लागि अब एउटै शुल्क !

190
0
Share:

काठमान्डौ/सरकारले ३४ र ६६ पेजको पासपोर्टका लागि एउटै शुल्क कायम गरेको छ । यसअघि ३४ पृष्ठको पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरिएकोमा अब एकरूपता कायम गर्न लागिएको हो ।

 

आइतबारदेखि ३४ वा ६६ पेजको पासपोर्ट बनाउँदा शुल्कमा एकरूपता कायम हुने विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । उनका अनुसार यस अघि दुईथरी शुल्क कायम भएकोमा अब एकरूपता कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट ६६ पेजको पासपोर्ट बनाउँदा पाँच हजार शुल्क लाग्नेछ ।

 

यसअघि ६६ पेजका लागि जिल्ला प्रशासनमा निवेदन दिँदा १० हजार लाग्ने गरेको थियो । अब आइतबारदेखि ६६ पेजको पासपोर्टको लागि जिल्ला प्रशासनबाट निवेदन दिँदा पाँच हजार मात्रै शुल्क तिर्नुपर्नेछ ।

 

यसबाहेक इमर्जेन्सीको हकमा केन्द्रमै आएर पासपोर्ट बनाउदा १२ हजार शुल्क तिर्नुपर्नेछ ।

Share: