भरतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

233
0
Share:

काठमान्डौ/भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

 

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

 

आईओसीले हरेक १५र१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।

Share: