एसएसपी पाल निलम्बित

335
0
Share:

काठमान्डौ/एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले आज निलम्बन गरेको हो ।

 

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए ।

 

महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

Share: