महानगर प्रहरीले एयरपोर्टको तार काट्दा बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण, सात दिनभित्र जवाफ दिनुपर्ने

218
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ७ दिने स्पष्टीकरण सोधेको छ ।

 

प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि आज प्राधिकरणले एक सूचना निकालेर मेयर शाहलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।

 

‘प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो । नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ अएको थियो । आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१)बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु,’ प्राधिकरणको पत्रका उल्लेख छ ।

Share: