प्रधानन्यायाधीशमा कार्कीले लिए पद तथा गोपनियताको शपथ

Share:

काठमान्डौ/प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

 

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

 

Share: