
काठमान्डौ/ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका(१ बाहुनधारामा दुर्घटना भएको हो ।
अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तर, दुर्घटनामा घाइतेहरूको संख्या र पहिचान भने खुल्न सकेको छैन ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।