गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागीरहेको छ : ओली

131
0
Share:

काठमान्डौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताउनुभएको छ ।शनिबार एमाले पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला संघ, बागमती प्रदेशको प्रथम सम्मेलनको उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नगरेको बताउनुभएको हो ।

 

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत वृद्धिको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत बताउनुभयो । आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको उहाँको दावी छ ।

 

‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’, अध्यक्ष ओलीले भन्नुभयो , ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अलमल्याएका छन्, भ्रममा पारेका छन्।’

 

Share: