विवाह बन्धनमा बाँधिदै पूर्व बैंकर रविना देशराज जोशी

Share:

काठमान्डौ/पूर्व बैंकर रविना देशराज जोशी विवाह बन्धनमा बाँधिदै छन् । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न लागेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् । रविनाको मेहेन्दी समारोह भने सम्पन्न भइसकेको छ ।

 

तर अहिलेसम्म उनी लगायत उनको परिवारका कोही पनि सदस्यले उनको मेहेन्दी समारोहको तस्बिर सार्वजनिक भने गरेका छैनन् । मेहेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियो बाहिरिएपछि उनले विवाह गर्न लागेको पुष्टि भएको हो ।

 

रविनाले २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । उनको इन्गेजमेन्टमा उपस्थित छोरा आयुषमान र बुहारी प्रियंकाले उनलाई बधाई दिएका थिए ।

 

सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।

Share: