समाजवादी मोर्चाको घोषणा भोलि

155
0
Share:

काठमान्डौ/समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट समाजवादी मोर्चाको भोलि राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने निर्णय भएको हो ।

 

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।

 

जसमा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहनेछन् ।

Share: