रास्वपाले कार्यालय सार्ने , अब रास्वपाको कार्यालय बालाजुमा

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय सार्ने भएको छ ।बसुन्धरा चोकमा रहेको कार्यालय साँघुरो भएपछि बालाजुमा सार्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।पार्टी गठनको एक वर्ष पुगेसँगै ७ असारमा कार्यालय सार्ने र पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा चियापान गरिने उनले बताए ।‘अहिलेको ठाउँ अलि साँघुरो भयो । अहिलेको ठाउँमा अफिसियल गाडी कार्यालयको प्राङ्गणमा राख्न नमिल्ने छ,’ उनले, ‘अब सर्ने भवनमा पाँच तला छ ।’

 

५ तल्ले पूरै भवन रास्वपाले लिएको हो । नयाँ भवन रास्वपाकै नेता डा. भरत देवकोटको हो । पार्टीका अनुशासन समितिमा रहेका घरधनी देवकोटालाई भाडा वापत मासिक साढे ३ लाख तिर्ने सहमति भएको ढकालले बताए ।

 

बसुन्धरामा रहेको भवनका लागि रास्वपाले मासिक डेढ लाख भाडा तिर्दै आएको थियो ।‘कम्तिमा २०८४ को चुनावसम्म हामी यही घरमा रहने तयारीमा रहेको प्रवक्ता ढकालले जानकारी दिए।

 

Share: