प्रेमीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रभात धरौटीमा रिहा

Share:

काठमान्डौ/जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका मोटो भ्लगर प्रभात बसेल १ लाख धरौटीमा रिहा भएका छन् । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीले आइतबार प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो । न्यायाधीशकेशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

 

यसअघि अपहरण र शरीर बन्धनको मुद्दामा जिल्ला अदालत म्याग्दीले गत बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको थियो । प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।

 

जिल्ला अदालत कास्कीमा १ लाख धरौटी बुझाउने तयारी गरेका छन् । उनले कास्की अदालतमा धरौटी बुझाएपनि उनलाई प्रहरीको रोहवरमा जिल्ला अदालत म्याग्दी लगिनेछ । उनले म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।

Share: