
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्दै चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको हो ।
उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै स्थानीयका लागि पानी ल्याएका हुन् । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने रविले बताएका छन् ।
७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति उनले आभार व्यक्त गरेका छन् ।