नयाँ स्टक एक्सचेन्जमा चलखेल छ, ब्रोकर लाइसेन्समा आशंका उब्जियो : सांसद वाग्ले

139
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।

 

‘नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो,’ उनले भने, ‘बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ ।’

 

ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ । अर्थशास्त्रीय सिद्धान्त पनि यही भएको भन्दै उनले उत्पादकलाई सुविधा दिनुपर्नेमा जोड दिए ।

 

अहिले एउटैले लाइसेन्समा राज गर्ने गरेको भन्दै यो अवस्था हटाउनुपर्ने उनले बताए ।

Share: