आज अमेरिकाविरुद्ध मैदानमा उत्रिँदै नेपाल

147
0
Share:

काठमान्डौ/आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।

 

उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको अमेरिका पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

 

नेपालको सम्भावित प्लेइङ-११

 

आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

Share: