संसद् बैठक १५ मिनेटका लागि स्थगित

150
0
Share:

काठमान्डौ/ प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् ।

 

सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ ।

 

पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई १ नम्बर र सहरीले लुम्बिनीलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका वितरण गरेको थियो ।

Share: