नागरिकता माग्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

167
0
Share:

काठमान्डौ/नागरिकता माग गर्दै मंगलबार माइतीघरमा प्रदर्शन गरिएको छ । बाबुआमाको नेपाली नागरिकता भए पनि छोराछोरीले नपाएको भन्दै प्रदर्शन गरिएको हो ।

 

नागरिकता विधेयक प्रमाणीकरणलाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पछिल्लो समय पटकपटक पेशी स्थगित हुँदै आएको भन्दै युवाहरूले न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

 

प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । सोक्रममा १५ जनाभन्दा बढी पक्राउ परेका छन् ।

Share: