बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहका श्रीमती र भाउजूको मृत्यु

Share:

काठमान्डौ/धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेका छन् । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

 

मन्त्रीसहित पाँच जना सवार गाडी आज दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो ।

Share: