रविकी श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीविरुद्ध ठगीको उजुरी, पाँच करोड ठगेको आरोप

387
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीविरुद्ध ठगीको उजुरी परेको छ । पौडेलको सहकारीले पाँच करोड रूपैयाँ ठगेको आरोपमा बचतकर्ताले काठमाडौं महानगरपालिकामा उजुरी दिएका हुन् ।

 

कोठमाडौँको लाजिम्पामा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड रुपैयाँ ठगेको महानगरमा उजुरी परेको हो ।

 

महानगरको सहकारी विभागले उजुरीबारे पुष्टि गरेको छ । विभागीय स्रोतका अनुसार सहकारीविरुद्ध सामूहिक उजुरी परेको छ । संस्थाको वित्तीय अवस्था खराब हुन थालेपछि निकिताले केही दिनअघि राजीनामा दिएको बुझिएको छ। तर, संस्थाले राजीनामा स्वीकृत नगरिसकेकाले उपाध्यक्षको जिम्मेवारी यथावत रहेको पाइएको छ ।

 

हाल संस्थाको नम्बरमा बाहिरबाट गरिएको फोनको आगमन कलसमेत निषेध गरिएको छ ।

Share: