दुर्घटना अपडेट : आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु, मन्त्रिसहित तीन जनाको मृत्यु

Share:

काठमान्डौ/बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।उनको मृत्यु सगै मृत्यु हुने ३ जना पुहेको छ। उनको बाँकेको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो । मन्त्री सिंहको उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

 

धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

 

 

 

दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेका छन् । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । मन्त्रीसहित पाँच जना सवार गाडी आज दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो ।

 

Share: