आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

176
0
Share:

काठमान्डौ/साताको चौंथो दिन आज सुन–चाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share: