
काठमान्डौ/प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाएका हुन् ।
उनले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?’
उनले भने :- केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्। प्रतिनिधिसभा सदस्य रामकुमार शर्मा पनि उनीहरूसँग आमरण अनशनमा बस्नुभएको थियो । उहाँलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।
२०७२ मा संविधान जारी भएपछि तुरुन्तै नागरिकताको कानुन बनाउनुपर्थ्यो । तर, हाम्रा राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेका छन्। अहिले नागरिकता पीडितसँग सरकार न्यायोचित व्यवहार गर्न सकिरहेको छैन । हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्यो, त्यसको म भर्त्सना गर्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् ।
हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु । रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?