लेनदेन कारोबार सहज गर भन्दै पीडित लेनदेन संघर्ष समितिद्वारा माइतिघरमा विरोध प्रदर्शन

109
0
Share:

काठमान्डौ/मिटरब्याजीहरु लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् ।

 

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् ।

 

मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

Share: