३२ वर्षमा हामीले के दियौँ, कहिले सम्म यो मुलुकलाई यहीं अवस्थामा राख्ने : सांसद चन्द्र भण्डारी

Share:

काठमान्डौ/देशमा बहुदल स्थापना भएको ३२ वर्ष भयो , यो मुलुक कहिले बन्छ भन्दै प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधयकको छलफलमा बोल्दै माननीय चन्द्र भण्डारीले अब राज्य बनाउने भए चिन्तनलाई नै बदल्नु पर्ने भएको बताए उनले ३२ वर्षमा हामीले के दियौ भन्दै प्रश्न गरेका छन्। लामो समय उपचार पछि संसदमा दोस्रो पटक सम्बोधन गर्दै उनले ३२ वर्षमा मुलुकले के पाएउ भन्दै प्रश्न गरेका छन्।

 

उनले भने,’अहिलेको चिन्तनले मुलुक अगि बढ्दैन। बन्ने भए यो ३२ वर्षमा बनि सक्थ्यो ? यो मुलुक लाई अहिलेकै स्थितिमा कहिले सम्म राख्ने हो’ भन्दै अनेकै क्षेत्रमा भएका समस्या उजागर गरेका छन्। उनको सम्बोधनमा किसानका समस्या देखि राज्यले अपनाएको नीतिका त्रुटी सम्म उठाएका छन्।

 

उनले सम्बोधनकै क्रममा मल कारखाना बनाउन हामीसँग जग्गा छैन। प्रकियालाई बुझेरमात्र बोल्न अनुरोध गरेका छन्। खेलकुदतर्फ पनि खेलकुद मैदानदान त् बनाउ भन्दै सुझाब ब्यक्त गरेका छन्। उनले सगरमाथा आरोहण गर्ने विद्यालय खोल्न समेत सरकारलाई सुझाब दिएका छन्।

 

उनले सम्बोधनकै क्रममा हामी माननीय भनेर गौरव गर्ने ठाउँ कहाँ छ भन्दै संसद मै प्रश्न गरेका हुन् । आज पनि घडेरी घटिरहेको छ शिक्षाकै लागि भन्दै उदाहारण प्रस्तुत गरेका छन्।

 

 

 

Share: