विद्यार्थीले पुस्तक र किसानले मल समयमै पाउँदैनन्, सरकार कहाँ छ ? : सांसद महतो

115
0
Share:

काठमान्डौ/नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमै उपलब्ध गराउन माग गरेकी छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतोले नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने तथा रोपाइ सुरू भइसक्दा पनि किसानले मल नपाउनुले सरकार कहाँ छ भन्ने प्रश्न खडा भएको बताइन् ।

 

‘नयाँ शैक्षिक सत्र सूरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आश छैन । रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छ ?’ उनले भनिन् ।

 

सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढदा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै योजना नबनाएको भन्दै आक्रोश व्यक्त गरिन् ।

Share: