
काठमान्डौ/काभ्रेको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित पलाञ्चोक भगवती मन्दिरमा भएको पटक-पटकको चोरीको घटनाको सत्य तथ्य जानकारी गराउनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने मागसहित नेपाल तरुण दल काभ्रेले ज्ञापन पत्र बुझाएको छ।
काभ्रेकै गौरबको रुपमा रहेको र देश तथा विदेशमा समेत ख्याति प्राप्त पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटिकामा पटक -पटकको चोरीले गर्दा सुरक्षा व्यवस्था माथि प्रश्न उठेको र गत साल कार्तिक १६ गते पहिलो पटक भएको चोरीको ८ महिना वितिसक्दा समेत दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्नु लज्जाको विषय भएको भन्दै प्रश्न नै प्रश्नसहित वडा सरकारदेखि प्रशासन सम्मले ध्यान दिई दोषीलाई कारवाही र सार्वजनिक गर्नुपर्ने माग राख्दै तरुण दल काभ्रेले ज्ञापन पत्र बुझाएको हो।
स्थानीयका अनुसार पलाञ्चोक भगवतीको दानपेटिका गत कार्तिकदेखि पटक पटक गरी तीन पटक चोरी भैसकेको बताएका छन् । तर अहिले सम्म कुनै दोषी पक्राऊ भने परेका छैनन्। स्थानीयले समेत दानपेटिकाको सुरक्षामा सबै सरोकार वालाले ध्यान दिनुपर्ने बताउँदै आएका छन्।