
काठमान्डौ/१४औं संस्करणको साफ च्याम्पियनसिप आज भारतमा शुरु भएको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा हाल नेपालले कुवेतको सामना गरिरहेको छ ।
खेलको पहिलो हाफ सकिँदा कुवेतले २-० को अग्रता बनाएको छ । खेलको ४२औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका छन् । त्यसअघि खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गरेका थिए ।
च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् भने फिफाको प्रतिबन्धका कारण यस संस्करणमा श्रीलंकाले सहभागिता जनाउन पाएन ।