चीनको एक रेष्टुरेन्टमा ग्यास विस्फोट : ३१ जनाको मृत्यु, ७ जना घाइते

212
0
Share:

काठमान्डौ/चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।

 

सोही विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्त्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 

चीनमा यसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा शृङ्खलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।

Share: