घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित)

151
0
Share:

काठमान्डौ/नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share: