अर्थमन्त्रीले गरे बजेट कार्यान्वयनका लागि विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल

161
0
Share:

काठमान्डौ/अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको अवस्था हेरि चालु आर्थिक वर्ष (आव)मा सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले चालु आव २०७९-८० को बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आव २०८०(८१ को बजेट कार्यान्वयनका लागि बिहीबार विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।

 

सो क्रममा अर्थमन्त्री डा. महतले स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् ।

 

अर्थमन्त्री डा.महतले आगामी आवका लागि अहिलेदेखि नै ठोस कार्ययोजना बनाएर अगाडि बढ्न समेत निर्देशन दिए । उनले बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमको कार्यान्वयनमा दृढ भई तयारीमा जुट्न समेत निर्देशन दिए ।

Share: