प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन सुरु (लाईभ )

Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सुरु भएको छ । प्रतिनिधिसभा बैठक केहीबेरअघिबाट सुरु भएको हो । बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा सरकारसँग सोध्न चाहेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् ।

 

प्रधानमन्त्री दाहालले यसअघि गत महिना पनि सांसदहरुसँग सवाल जवाफ गरेका थिए । प्रश्नोत्तरका लागि हरेक समूहका १५ जना सदस्य रहनेगरी १७ समूह विभाजन गरिएको छ । साथै आजको बैठकमा बिनियोजन विधेयक २०८० माथिको विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहनेछ ।

 

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकमा बिनियोजित बजेटमाथि छलफल हुनेछ ।

 

लाईभ भिडियो हेर्नुहोस :-

 

 

 

Share: