
काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । गत मंगलबारदेखि आरालो लागेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ ।
मंगलबार प्रतितोला दुई सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला पाँच सय रुपैयाँ र शुक्रबार प्रतितोला सात सय रुपैयाँ गरी सुन एक सातामा प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो ।