त्रिभुवन विमानस्थलबाट ४ किलो ७५० ग्राम चरेससहित लिम्बू पक्राउ

217
0
Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७५० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका-४ घर भएका २५ वर्षीय सुमन लिम्बू हुन् ।

 

एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

Share: