करको विषयमा कसैको मुख नहेरेको अर्थमन्त्रीको दाबी

155
0
Share:

काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन् । नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा महतले एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको भन्दै अन्य करको विषयमा देशको हितलाई हेरेको बताए ।

 

‘महालेखा परीक्षकको सुझाव अनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको हो । यो नयाँ कर थपेको हैन,’उनले भने, ‘अदालतले मात्र यसको टुङ्गो लगाउन सक्छ । मैले केही गर्न सक्दिनँ ।’

 

करछुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको पनि मन्त्री महतले बताए । महतले यो वर्ष कर नभएर करको दायरालाई बढाएको बताए ।

Share: