विश्वकप छनोटमा ओमानमाथि श्रीलंकाको १० विकेटको जित

132
0
Share:

काठमान्डौ/आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार जिम्बावेको बुलावायोमा ओमानमाथि सानदार जित निकाल्ने क्रममा श्रीलंका १० विकेटले विजयी भयो।

 

ओमानले दिएको ९९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो। श्रीलंकाको जितमा दिमुख करूणारत्नेले नटआउट ६१ रन र पाथुन निशंकाले नटआउट ३७ रन जोडे।

 

त्यसअघि पहिले ब्याटिङ गरेको ओमानलाई श्रीलंकाले ३०.२ ओभरमा ९८ रनमा अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले २१ रन जोड्दा अयान खानले सबैभन्दा बढी ४१ रन बनाए। यस्तै फयज बट नटआउट १३ रन जोड्दा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा श्रीलंकाका विनन्दू हर्षरंगाले ५ विकेट लिए । उनले ७.२ ओभरमा ३ मेडन राख्दा १३ रन मात्र खर्चिए। लाहिरू कुमाराले ३ विकेट लिए ।

 

जितसँगै श्रीलंका समूह ‘बी’ मा अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। यसअघि ओमानले लगातार दुई खेलमा जित निकालेको थियो। ओमानले युएई र आयरल्यान्डलाई पराजित गरेको थियो।

Share: