विकासको मोडेलमा परिवर्तन गर्ने समय आयो : प्रधानमन्त्री प्रचण्ड

170
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासको मोडेलमा परिवर्तन गर्ने समय आएको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधारण सभामा निजी क्षेत्रमैत्री वातावरण बनाउन ऐन तथा नियम नै संशोधन गर्ने बताए ।

 

‘हाम्रो विकासको मोडेलमा सोच्नुपर्ने बेला आएको छ । हाम्रा ऐन कानुन परिवर्तन गर्नुपर्नेछ,’ उनले भने, ‘देशको विकास निजी क्षेत्रमैत्री वातावरण बनाएर मात्र गर्न सकिन्छ ।’ नीति तथा कार्यक्रमले देशमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिइएको पनि उनले बताए ।

 

देशको विकास गर्न सरकार र निजी क्षेत्रको ध्यान उत्पादन र रोजगारी वृद्धिमा हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

 

Share: