
काठमान्डौ/पूर्व बैंकर रविना देशराज जोशी विवाह बन्धनमा बाँधिएकी छन् । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविनाले बुधबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् ।
२०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । प्रेम सम्बन्ध सार्वजनिक गरेपछि रविना केही दिन प्रेमीसँग बेलायत बस्न गइन् । केही दिन बेलायत बसेर उनी नेपाल फर्केकी थिइन् ।
सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।