नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना

142
0
Share:

काठमान्डौ/नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकहरूको संख्या १८१ पुगेको छ ।

शुक्रबार नेपालका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो । बिहीबार मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

 

संयुक्त राष्ट्र सङ्घका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।

Share: